आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
साप्ताहिक राशिफल

यी हुन् यस साता भाग्यले साथ दिने राशिहरू, हेर्नुहाेस् साप्ताहिक राशिफल

आइतबार, २७ पुस २०८२, ०१ : २८
आइतबार, २७ पुस २०८२

सारांश

  • साप्ताहिक राशिफल अनुसार मेष राशिका लागि साताको सुरु र अन्त्य राम्रो रहनेछ।
  • वृष राशिका व्यक्तिहरूले पुराना विवाद समाधान गर्दै न्यायिक निर्णयको पक्षमा फैसला पाउनेछन्।
  • मिथुन राशिका व्यक्तिहरूको लागि साता राम्रो रहनेछ र भौतिक सम्पत्ति प्राप्तिको योग छ।

पुस २७ गते आइतबारदेखि माघ ३ गते शनिबारसम्मको साप्ताहिक राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले तार्किक क्षमतामा वृद्धि भएर जानेछ । वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । बुधबार र  बिहीबारको समय मध्यम रहेकोले खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णय तपाईँकै पक्षमा फैसला हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ ।  ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार , शेयर बजार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ । बिहीबारबाट स्वास्थ्य बिग्रनाले  रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाइ उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको सिकारले नैराश्य बढाउनेछ । जग्गाजमिनको कारोबारले आर्थिक तङ्गी हटाउन गाह्रो पर्नेछ । अनावश्यक खर्च बढ्ने तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।
  • मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साताको समय राम्रो रहेकोले बौद्धिक व्यक्तित्वहरू सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । आर्थिक पक्ष बलियो रहने हुनाले जीवनशैली बिलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी  साधन जोड्न सकिनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । अध्ययन, काम वा साङ्गीतिक कामको लागी लामो दुरीको यात्राको योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । राजनीतिक बैठक तथा भेटघाटमा अधिकांश समय व्यातित हुनेछ ।
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मंगलबारसम्मको समय मध्यम रहेकोले आमा तथा आफन्तसँग साना साना कुरामा राय बाझिनेछ । साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । बुधबारबाट आकस्मिक धन, सम्पत्ति लाभ हुने तथा चिट्ठा, उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नाले मन उत्साहित हुनेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउँदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । बैक तथा वित्तीय बजारमा लगानी गरी थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  साताको सुरु र अन्तको समय राम्रो रहेकोले छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ । बुधबार र बिहीबारबाट घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।
  • कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइन्छ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । शेयर बजार, खाद्यान्न, होटल तथा रेष्टुरेन्ट जस्ता क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेको छ । राजनीतिक भेटघाट तथा बैठकमा समय व्यातित हुनेछ । शुक्रबारबाट समय मध्यम रहेकोले घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बन्द व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।  एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । उद्योग, शेयर बजार तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ । आफन्त तथा साथीभाइहरूको सहयोगमा विशेष योजनाहरू बन्नेछन् । छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मंगलबार दिउसोसम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । मंगलबार साँझबाट पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । लामो दुरीको विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सुखद समाचारले उत्साह पूर्वक समय बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । औद्योगिक क्षेत्र, सेयर बजारबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ ।
  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विशिष्ट व्यक्तिहरूको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समाजसेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाइड्रो पावरको लगानीबाट नाफा कमाउन सकिनेछ ।  शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।  साताको अन्त अर्थात शुक्रबारबाट प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । समयमा काम नबन्ने तथा विभिन्न अवसरबाट वञ्चित हुने योग रहेको छ । गलत काम तथा क्रियाकलापलाई प्रश्रय दिनाले इज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग अनावश्यक विवाद हुन सक्छ ध्यान दिनुहोला ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ  । साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । विशिष्ट व्यक्तिहरूको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
  • मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मंगलबार दिउसोसम्मको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नु पूर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । मंगलबार साँझबाट खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बिच अझ विश्वास बढेर जानेछ । नापामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । शेयर बजार, खाद्यान्न, निर्माण सामाग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप