बुटवलमा जनप्रतिनिधिसहित ७ जनाले छाडे नेकपा
बुटवल । साबिक नेकपा माओवादी केन्द्रमा रहेका बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विष्णु ढकालसहित नेताहरूले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा नरहेको घोषणा गरेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीसहित कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको साधारण सदस्यता तथा पार्टीसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी र गतिविधिहरूबाट स्वेच्छाले परित्याग गरेको ७ जनाले घोषणा गरेको जनाएका छन् ।
मंगलबार आज संयुक्त विज्ञप्ति जारी गर्दै साविक नेकपा माओवादी रुपन्देही सदस्य तथ अखिल नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ढकाल सहितले पार्टी छाडेका हुन् ।
त्यसरी पार्टी छाड्नेहरूमा नगर सचिवालय सदस्य जितेन्द्र खत्री, जिल्ला सदस्य लोक बहादुर नेपाली, नगर सचिवालय सदस्य नारायण गौतम, प्रदेश प्रतिनिधि शोभाखर पाण्डे ‘माधव’, जग बहादुर श्रेष्ठ, राजकुमार पाण्डे रहेका छन् ।
‘हामीले आफ्नो व्यक्तिगत सोच, अनुभव तथा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर मूल्याङ्कनपछि लिएका हौँ । यो निर्णय कुनै व्यक्ति विशेषप्रति व्यक्तिगत असन्तुष्टिका कारण नभई आफ्ना विचार, सिद्धान्त र जनहितप्रतिको प्रतिबद्धताका आधारमा गरिएको हो’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण