साप्ताहिक राशिफल
यी राशिहरूका लागि शुभ रहनेछ यो साता, हेर्नुहोस् साप्ताहिक राशिफल
आइतबार, ०४ माघ २०८२, ०३ : ४१
सारांश
- साप्ताहिक राशिफल अनुसार, मेष राशिका व्यक्तिहरूले विशिष्ट व्यक्तिको विचारबाट प्रभावित हुनेछन् र सामाजिक कार्यमा रुचि देखाउनेछन्।
- वृष राशिका लागि, हप्ताको सुरुमा केही विवाद भए पनि बुधबारबाट राम्रो समय सुरु हुनेछ, जसले राजनीति र समाजसेवामा सफलता दिलाउनेछ।
- मिथुन राशिका व्यक्तिहरूले हप्ताको सुरुमा सावधानी अपनाउनुपर्नेछ, तर बुधबारबाट महत्त्वपूर्ण काम बन्ने र आर्थिक अवस्था सुदृढ हुनेछ।
माघ ४ गते आइतबारदेखि माघ १० गते शनिबारसम्मको साप्ताहिक राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विशिष्ट व्यक्तिहरूको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ । राजनीति तथा समाजसेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीतिक भेटघाट तथा बैठकमा समय व्यातित हुनेछ । तरल पदार्थ तथा हाइड्रो पावरको लगानी फस्टाएर जानेछ । बैक तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । साताको अन्त अर्थात शुक्रबारबाट खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मंगलबारसम्मको समय मध्यम रहेकोले समय मध्यम रहेकोले आफन्त तथा अग्रजहरूसँग विवाद हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना हुन सक्छ । बुधबारबाट राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । राजनीतिक भेटघाट तथा बैठकमा जनतासँग साक्षात्कार गर्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार र शेयर बजारमा लगानी बढाइँ प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठीहरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राका योग रहेको छ ।
- मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मंगलबारसम्मको समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास बढ्नेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । साना तिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली माइती बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । बुधबारबाट सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहौलमा भेला भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्त्वपूर्ण कामहरू बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूभन्दा निकै नै अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।
- कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ । राजनीतिक भेटघाटमा समय व्यातित हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । पुराना समस्या पुनः दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । साताको अन्त अर्थात शुक्रबारबाट कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुख दिनेछन् ।
- कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मंगलबारसम्मको समय मध्यम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरूभन्दा पछि परिनेछ । बुधबारबाट आर्थिक स्थिति मजबुत हुने तथा व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन वा काममा प्रविधिको प्रयोग गरी सहज बनाउन सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मंगलबारसम्मको समय मध्यम रहेकोले गलत लेखाइ अथवा गलत बुझाइले आफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढी नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । बुधबारबाट लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछ। रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । निर्माण सामाग्री, खाद्यान्न, गरगहना तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । शेयर बजार, खाद्यान्न, होटल तथा रेष्टुरेन्ट जस्ता क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरू सफलता पूर्वक सम्पन्न हुनेछन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । साताको अन्त अर्थात शुक्रबारबाट आमा तथा आफन्तसँग साना साना कुरामा राय बाझिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
- मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी बढाई प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मंगलबारसम्मको समय मध्यम रहेकोले आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । बुधबारबाट प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको सुरु र अन्तको समय राम्रो रहेकोले अनलाइन व्यापार तथा शेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण