रसुवामा सर्वदलीय बैठक : तोकिएको मापदण्ड अनुरूप अगाडि बढ्ने प्रतिबद्वता
रसुवा।आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरुले तोकिएको मापदण्ड अनुरूप अगाडि बढ्ने प्रतिबद्वता जनाएका छन् ।
बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन दर्ताका लागि समय निर्धारण जस्ता विषयमा भएको छलफलमा थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र मङ्गोल नेश्नल अर्गनाइजेसन दलले भाग लिएको सहायक निर्वाचन अधिकृत सरिता रिजालले बताए।
जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित सो बैठक मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा निर्वाचन तालिका र सहमति अनुसार राजनीतिक दल अगाडि बढ्ने,स्थानीय प्रशासकले सुरक्ष व्यवस्था सुदृढ पार्ने, जस्ता विविध विषयमा छलफल भएको थियो । जिल्लामा ४१ हजार चार सय ७१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण