पर्वतमा २६ वर्षदेखि कांग्रेसका एउटै उम्मेदवार, क्याम्प फेरेका जोशीलाई थमाइयो टिकट
सोमबार, ०५ माघ २०८२, २२ : ११
पोखरा । नेपाली कांग्रेसले पर्वतमा अर्जुन जोशीलाई नै टिकट थमाएको छ । २०५६ देखि लगातार चुनाव लडेका जोशी अहिले पनि टिकट हत्याउन सफल भएका हुन् ।
यसअघि शेरबहादुर देउवा क्याम्पमा रहेका उनी विशेष महाधिवेशनमा पार्टीभित्र परिवर्तन र सुशासन जरुरी रहेको भन्दै गगन थापातिर ढल्किएका थिए । उनै जोशीलाई गगनले टिकट दिएर पठाएका हुन् ।
उनी २०५६, २०६४ र २०७० मा लगातार विजयी भएका थिए । २०७४ र २०७९ मा लगातार पराजित उनी छैटौँ पटक उम्मेदवार बन्न लागेका हुन् । जोशीसँग एमालेका चिरपरिचित प्रतिस्पर्धी पदम गिरी छन् ।
गिरीले २०७४ र २०७९ मा जोशीलाई पराजित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण