शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

गगन थापाको क्षेत्रमा कांग्रेसबाट सचिन तिमिल्सिना उम्मेदवार

मङ्गलबार, ०६ माघ २०८२, १३ : ५६
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । सभापति गगन थापाले जित्दै आएको काठमाडौँ– ४ मा यस पटक नेपाली कांग्रेसले सचिन तिमिल्सिना उम्मेदवार बनाएको छ । 

नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले मंगलबार तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तिमिल्सिनाले आफू नेपाली कांग्रेसबाट उम्मेदवार बनेको जानकारी रातोपाटीलाई दिए । 

सभापति थापा यो पटक काठमाडौँ ४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । तिमिल्सना थापा निकट मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप