शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आवतजावतमा सहजताका लागि सडक मर्मत गर्न आग्रह

बिहीबार, ०८ माघ २०८२, १६ : २९
बिहीबार, ०८ माघ २०८२

काठमाडौँ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घले यात्रुहरूलाई आवतजावतमा सहजताका लागि सडक मर्मत गर्न आग्रह गरेको छ । 

बिहीबार महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै देशभरीका राष्ट्रिय राजमार्गहरू, सहायक राजमार्ग, ग्रामीण सडकहरूलाई यथाशीघ्र मर्मत सम्भार गरी खाल्टाखुल्टी पुरी सार्वजनिक सवारी साधन सहज रूपमा आवत जावत गर्न सकिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन हुने गइरहेको भन्दै त्यसबेला यातायातको चाप अत्यधिक बढ्ने भएकाले सहज रूपमा आवतजावत गर्न सकिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको महासङ्घका महासचिव डेकनाथ गौतमले बताए ।  

618048877_4248331012089919_1299081049541391046_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप