स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
शुक्रबार, २२ जेठ २०८३, १२ : ४८
सारांश
- स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन निर्वाचन आयोगले संविधान संशोधनको सुझाव दिएको छ ।
- प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको कार्यदललाई आयोगले यस्तो सुझाव पेश गरेको हो ।
- आयोगले जिल्ला समन्वय समितिको व्यवस्था हटाउन र वडा सदस्य संख्या घटाउन पनि सुझाव दिएको छ ।
काठमाडौं । निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैरदलीय हुने गरी व्यवस्था गर्न सुुझाव दिएको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो । आयोगको २१ बुँदे सुझावको १३ नम्बर बुँदामा स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैरदलीय हुनेगरी व्यवस्था गर्न सुझाव दिएको हो ।
त्यस्तै आयोगले आफ्नो सुझावमा जिल्ला समन्वय समितिको व्यवस्था हटाउनुपर्ने, गाउँपालिका/ नगरपालिकाका वडासदस्यको संख्या घटाउनुपर्ने,वडामा अध्यक्ष र दुई वडासदस्य रहने व्यवस्था राख्नुपर्ने लगायतका सुझाव दिएको छ । संविधानमा हाल वडाअध्यक्ष र चारजना वडा सदस्य रहने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण