ट्रम्पले ‘बोर्ड अफ पिस’मा सदस्यताका लागि क्यानडालाई दिएको निम्तो लिए फिर्ता
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई आफ्नो ‘बोर्ड अफ पिस’ मा सहभागी हुन दिएको निम्तो फिर्ता लिएका छन्। उत्तर अमेरिकी छिमेकी मुलुकबिच पछिल्ला दिनहरूमा बढ्दो तनावकै बिच यो निर्णय आएको हो।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै 'क्यानडाको बोर्ड अफ पिसमा सामेल हुने निम्तो फिर्ता लिइएको' उल्लेख गरेका छन्। तर उनले निम्तो फिर्ता लिनुको स्पष्ट कारण भने सार्वजनिक गरेका छैनन्।
प्रधानमन्त्री कार्नीले यसै साता अमेरिकी नेतृत्वमा रहेको विश्व व्यवस्थामा गम्भीर फुट आउन सक्ने चेतावनी दिएका थिए। साथै, ट्रम्पको नयाँ संस्थामा सहभागी हुनका लागि तोकिएको १ अर्ब डलर सदस्यता शुल्क तिर्न अस्वीकार गर्ने संकेत पनि दिएका थिए ।
यद्यपि कार्नीले गत साता सिद्धान्ततः बोर्डमा सहभागी हुन सकिने बताएका थिए। तर शुल्कको विषयले दुई देशबिच मतभेद चुलिएको देखिन्छ। ट्रम्पले स्थायी सदस्य राष्ट्रहरूले बोर्ड सञ्चालनका लागि ठुलो रकम तिर्नुपर्ने बताएका छन्।
ट्रम्प अध्यक्ष रहने यो ‘बोर्ड अफ पिस’ लाई अमेरिका नयाँ अन्तर्राष्ट्रिय द्वन्द्व समाधान गर्ने संयन्त्रका रूपमा प्रस्तुत गर्दै आएको छ। सुरुमा यसले गाजामा इजरायल–हमासबिच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न र पुनर्निर्माणको निगरानी गर्ने उद्देश्य राखेको बताइएको थियो। क्यानडाली प्रधानमन्त्रीको कार्यालयले ट्रम्पको घोषणापछि तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण