सिरहा ट्राफिक प्रहरी प्रमुख तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित
शनिबार, १० माघ २०८२, २१ : ०६
सिराहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमिल्सिना पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले उनलाई विभागीय मूल्य मान्यता, कर्तव्यनिष्ठा, अनुशासन र प्रभावकारी कार्यसम्पादनका आधारमा उत्कृष्ट घोषित गरेको हो ।
ट्राफिक प्रहरी प्रमुखका रूपमा कार्यरत तिमिल्सिनाको नेतृत्वमा सवारी दुर्घटना न्यूनीकरण, ब्ल्याक स्पट पहिचान, सडक सुरक्षासम्बन्धी पूर्वाधार सुधार तथा स्थानीय सरकारसँगको समन्वयमा प्रभावकारी ट्राफिक व्यवस्थापन गरिएको उल्लेख छ ।
उनलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण