आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
साप्ताहिक राशिफल

करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल

आइतबार, ११ माघ २०८२, ०३ : २३
आइतबार, ११ माघ २०८२

सारांश

  • साप्ताहिक राशिफल अनुसार विभिन्न राशिका लागि यो साता अध्ययन, व्यवसाय र सम्बन्धका क्षेत्रमा अवसरहरू रहेका छन्।
  • मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिहरूका लागि आर्थिक, सामाजिक र व्यक्तिगत जीवनमा हुने परिवर्तनहरू।
  • कतिपय राशिका लागि यात्रा, भेटघाट र लगानीको अवसर रहेको छ भने स्वास्थ्य र सावधानीका लागि पनि सचेत गराइएको छ।

माघ ११ गते आइतबारदेखि माघ १७ गते शनिबारसम्मको साप्ताहिक राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । शेयर बजार, औद्योगिक क्षेत्र तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । सवारी साधन प्राप्तिको योग रहेको छ  सवारी साधनको खरिद बिक्रीबाट आम्दानीमा वृद्धि गर्न सकिनेछ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  समय राम्रो रहेकोले कर्म प्राप्तको निमित्त लामो दुरीको यात्रा हुनेछ । विदेशी सामानको व्यापार वा विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । किनमेल, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ । स्वास्थ्य सामग्री तथा टेक्निकल क्षेत्रमा काम गरी रुपैयाँ पैसा कमाउन सकिनेछ । व्यापार तथा शेयर बजारमा लगानी गर्दा नाफा कमाउन सकिनेछ । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तिको योग रहेको छ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ भने जनताको गतिलो समर्थन पाइने योग रहेको छ । प्रविधिको प्रयोग गरी रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरेका कामहरू उपलब्धिमूलक बन्दै जानेछन् ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय रहे पनि नतिजा भने न्यून हात पर्नेछ ।  आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अनलाइन व्यापार तथा शेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । साताको अन्त अर्थात शुक्रबारबाट खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  साताको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरु वर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पढाइकै सिलसिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा नजिक भई रमाउने समय रहेको छ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यातित हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रेमील जोडीहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) समय शुभ रहेकोले नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । अग्रज, आफन्त तथा दिदी बहिनीबाट आर्थिक सहयोग पाइनेछ ।  शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । गीत सङ्गीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागी समय उत्तम रहेको छ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन  सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । सामाजिक क्षेत्रमा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको सुरु र अन्तको समय राम्रो रहेकोले लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवनसाथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । व्यापार तथा शेयर बजारमा लगानी गर्ने समय रहेको छ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला ।
  • वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक पक्ष बलियो रहने हुनाले जीवनशैली बिलासी रहनेछ ।  नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा कुनै पनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको समय राम्रो रहेकोले ऋण, रोग तथा शत्रुलाई हटाउँदै गर्दै अगाडी बढ्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।
  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइनेछ । पढाइ लेखाइमा गरिएको मेहनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । पढाइ लेखाइ सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले । आमा तथा आफन्तसँगको भेटघाटमा सानो विवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । मौसम तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभ तथा मांगलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग, शेयर बजार तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । साताको अन्त अर्थात शुक्रबारबाट आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप