राष्ट्रियसभा निर्वाचन : मतपरिणामको पर्खाइ
विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका छन् ।
राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि भएको मतदानमा स्थानीय तहका २५८ जना र प्रदेशसभाका ८७ जनाले मतदान गरेका हुन् ।
कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता थिए । मतदान नगर्नेहरूमा काँग्रेसकी लिलाकुमारी राई र एमालेकी यशोदा कायस्थ, राप्रपाका सविना बजगाईँ, निमसरी राजवंशी, गोपालबहादुर विश्वकर्माले मतदान गरेनन् ।
राप्रपाबाटै सभामुख बनेका अम्बरबहादुर विष्टले भने मतदान गरेका छन् भने राप्रपाकै प्रेम थाम्सुहाङले पनि मतदान गरेका छन् ।
उता, कोशी प्रदेशका ९ जना स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षले मतदान नगरेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए ।
जसमा एमालेबाट निर्वाचित पाँचथर याङ्बरकका अध्यक्ष भीम योङ्हाङ, कांग्रेसबाट निर्वाचित ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष रविन साम्रा लिम्बू, राप्रपाबाट निर्वाचित हल्दिबारीका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, राप्रपाबाट निर्वाचित भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, नेकपाबाट निर्वाचित आमचोक गाउँपालिका भोजपुरकी उपाध्यक्ष सीता राई, राप्रपाबाट निर्वाचित दमक नगरपालिकाका प्रमुख राम थापा, कांग्रेसबाट निर्वाचित सोलुखुम्बु लिखु पिके गाउँपालिका उपाध्यक्ष नावाङ लाक्पा शेर्पा, जसपाबाट निर्वाचित ओखलढुङ्गा खिजिदेम्बाका अध्यक्षका गोम्बु शेर्पा रहेका छन् ।
कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । अन्य तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध भइसकेका छन् । बाँकी दुई पदमा चार जनाको प्रतिस्पर्धा भएको हो ।
कांग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण