स्कटल्यान्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो
सारांश
- नेपाल आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ।
- सोमबार स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
- नेपालका लागि विन्दु रावल र रोमा थापाले समान १४-१४ रन बनाए।
काठमाडौँ । नेपाल आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ६८ रन बनायो ।
नेपालका लागि विन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाइन् । त्यस्तै रुविना क्षेत्रीले १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोराे अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४० रन बनाएको थियो । स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४५ रनको योगदान गरिन् । त्यस्तै, एल्सा लिस्टरले २२ रन बनाउँदा सारा बिर्सिले १८ रनको योगदान गरिन् ।
बलिङतर्फ नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै मनिषा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले १७ रन खर्चिन् । त्यस्तै, रुबिना क्षेत्रीले तीन विकेट लिँदा रिया शर्मा, सीता राणा मगर र कविता जोशीले एक एक विकेट लिइन् । आजको खेलमा पराजित हुँदै नेपाल विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
प्रतियोगितामा समूह चरणका चारमध्ये तीन खेलमा पराजित हुँदै नेपाल बाहिरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026