त्रिवि शिक्षण अस्पतालले भन्यो– रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य
बुधबार, १४ माघ २०८२, ११ : २४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार यही माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवन गर्दा पनि समस्या निको नभएपछि खुट्टामा सेलुलाइटिस देखिएको र माघ १३ गते शिक्षण अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईका अनुसार लामिछानेको नशाबाट आईभी एन्टिबायोटिक्समार्फत उपचार भइरहेको छ ।
यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएका केही फोटोहरू शिक्षण अस्पतालका नभएको स्पष्ट पार्दै अस्पतालले भ्रममा नपर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता
-
जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण