रवि लामिछानेको दाबीः चुनावपछिको संसद् घण्टीमय हुनेछ
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आउँदो चुनावपछिको संसद् घण्टीमय हुने बताएका छन् ।
चुनाव प्रचारप्रसारको क्रममा सोमबार रूपन्देही पुगेका लामिछानेले रास्वपाले क्षमतावान् उम्मेदवार उठाएकाले यस पटकको संसद् घण्टीमय हुने दाबी गरेका हुन् ।
उनले भने, ‘रास्वपाले १०१ उम्मेदवारहरूलाई लिएर आएको छ । क्षमतावान साथीहरूले टिकट पाउनुभएको छ। देशले नचिने पनि हाम्रा उम्मेदावरले देशालाई चिनेका छन्। अघिल्लाेपटक २१ जना सांसदले संसद हल्लाएका हुन्। यसपटक नेपालको संसदमा जता हेर्यो त्यतै घण्टीमय हुनेछ। र त्यस्को सुरुवात डा. लेखजंग थापाबाट हुनेछ ।’ थापा रास्वपाका रूपन्देही ३ का प्रत्यक्ष उम्मेदवार हुन्।
लामिछानेले आफू रूपन्देहीमा चुनावी भाषण गर्न र भाेट माग्न नआएकाे बताए । तर उनले भाषणका क्रममा भाेट मागिरहे । भने, ‘यो ठाउँमा मैले हिसाब मिलाउन छ, मेरा कैयौँ पसिनाका धारा यहीँ बगेका छन् । मेरो हिसाबको मलाई चिन्ता छैन, तर देशको हिसाब मिलाउने हो । म आज चुनावी भाषणका लागि आएको होइन, भोट माग्न त भोलि आउँला, अहिले मन माग्न आएको हुँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता
-
जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण