अब भ्रष्टाचारविरुद्ध कठोर कदम उठाउँछौँ : गगन थापा
सिरहा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचारविरुद्ध कठोर कदम उठाउने बताएका छन् ।
सिरहाको गोलबजारमा मंगलबार उनलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको पाँच वर्ष नेपाली कांग्रेसले भ्रष्टाचार विरुद्धको अभियान नै चलाउने बताए ।
सभापति थापाले नेपाललाई महारोग लागेको बताउँदै अबको ५ बर्ष त्यसको उपचारमा लागाउने बताए । उनले, ‘नेपालमा लागेको महारोगको उपचार गर्नुपर्ने छ । त्यो महारोग भनेको नेपालको भ्रष्टाचार हो । यो भ्रष्टाचारलाई जरैबाट समाप्त पार्न एउटा जिहाद चाहिएको छ, एउटा संग्राम चाहिएको छ, नेपाली कांग्रेसले त्यसको नेतृत्व गर्छ ।’
उनले अब कांग्रेसलाई भ्रष्टाचार गर्ने छुट नभएको र त्यसको अभियान आफूहरूबाटै गर्ने प्रतिबद्धता जनाए ।
स्वागत कार्यक्रममा समयभन्दा ३ घण्टा ढिलो आइपुगेका थापाले आफूले सोचेभन्दा फरक कार्यक्रम साथीहरूले आयोजना गरेकोले समयमा पुग्न नसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण