फागुन २१ पछि कांग्रेस पहिलो दल बन्छ : विश्वप्रकाश शर्मा
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने दाबी गरे।
- शर्माले देशमा भएका विभिन्न घटनाहरूको समीक्षा गर्दै मतदातासँग मत माग्ने बताए।
- पूर्व गृहमन्त्री बालकृष्ण खाणले आगामी निर्वाचनमा कांग्रेसको बहुमत आवश्यक रहेको बताए।
बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन्।
कांग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उनले देशका विभिन्न स्थानबाट प्राप्त सूचनाका आधारमा कांग्रेस पहिलो शक्ति बन्ने दाबी गरे।
उनले कांग्रेस पुनः देशको नेतृत्व गर्ने गरी बहुमततर्फ अग्रसर भइरहेको बताए। “जित्नु काँग्रेसका लागि नौलो कुरा होइन, हार्नु पनि नौलो होइन। तर यो निर्वाचन विशेष र गम्भीर छ,” उनले भने।
शर्माले २०८४ मा हुनुपर्ने चुनाव २०८२ मै किन हुनुपर्यो भन्ने प्रश्न उठाउँदै ७४ जनाको ज्यान जाने घटना, सिंहदरबार र संसद् भवनमा भएको आगलागी तथा अर्बौँको क्षतिबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। ती घटनाको मूल्याङ्कन गरेर मतदातासँग मत माग्ने उनले बताए।
पूर्व गृहमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी निर्वाचनमा कांग्रेसको बहुमत आवश्यक रहेको बताए। उनले सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर उम्मेदवारलाई जिताउन आग्रह गरे। काँग्रेस नेतृत्वको सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै यसको प्रभावकारी सञ्चालन पनि काँग्रेसकै नेतृत्वमा सम्भव हुने बताए।
केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले मुलुकका समस्याको समाधान काँग्रेसले मात्र गर्न सक्ने दाबी गरे। उपलब्धिहरू संस्थागत गर्न काँग्रेसलाई जिताउनुपर्ने उनले बताए।
रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार भरतकुमार शाहले कांग्रेस बदलिएको र अब देश बदल्न आवश्यक रहेको बताए। देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्नेमा उनले जोड दिए।
कांग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ पछि कांग्रेस नेतृत्वको सरकार बनेमा मात्रै जेनजी पुस्ताका माग सम्बोधन गर्न सकिने बताए। संविधानको रक्षा र स्थायित्वका लागि काँग्रेस नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व केन्द्रीय सदस्य गंगा शाही लगायतले मन्तव्य राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता, अल्जेरिया उपविजेता
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण