काठमाडौँ–मन्थली रुटको अरनिकाे बस सेवा अनिश्चितकालका लागि स्थगित
शुक्रबार, ०१ फागुन २०८२, १५ : ३६
काठमाडौँ । अरनिको यातायात सेवा प्रा.लि.ले काठमाडौँ देखि खुर्कोट हुँदै रामेछापको मन्थलीसम्म सञ्चालन हुने आफ्ना सम्पूर्ण बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ।
अरनिको यातायातले एक सूचना जारी गर्दै रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६, मसानटारमा भएको सवारी दुर्घटना र त्यसबाट सिर्जित सुरक्षा जोखिमका कारण क्युमा चल्ने बस सेवा रोक्नु परेको जनाएको छ।
अरनिको यातायातले जारी गरेको सूचनामा भनिएको छ, ‘सुरक्षा जोखिम रामेछाप मन्थली न.पा.–६ मसानटार दुर्घटनाका कारणले अर्को सूचना नआए सम्मको लागि हाललाई क्युहरु स्थगित गरिएको व्यहोरा सम्बद्ध सम्पूर्ण व्यवसायी, मजदुर, कर्मचारीहरूमा जानकारीको लागि आदेशानुसार सूचित गरिन्छ।’
कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि उक्त रुटमा चल्ने सम्पूर्ण क्युका बसहरू रोक्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण