सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिक पक्राउ
शुक्रबार, ०१ फागुन २०८२, २१ : ४८
काठमाडौँ । सुनसरीबाट सशस्त्र प्रहरीले पेस्तोल र गोली सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया ग्राम पञ्चायत बस्ने ३६ वर्षीय राम थेलन पासवान छन् ।
उनलाई सुनसरी गाउँपालिका–३ जमुवा सीमा नाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । आरोपीको साथबाट सशस्त्र प्रहरीले इटली मेड पेस्तोल एकथान र ३ राउण्ड गोली बरामद गरेको छ । शुक्रवार साँझ सशस्त्रको निर्वाचन क्षेत्र सुरक्षा बेसबाट खटिएको टाेलीले उनलाई नियन्त्रणमा लिएको हो । आरोपीको साथबा १ ग्राम खैरो हेरोइन पनि बरामद गरिएको डीएसपी थापाले बताए ।
नम्बर–१ बराह बाहिनीका डीआईजी मनिष थापाले सीमा नाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै सशस्त्रले सीमानामा चेकजाँचलाई तीव्रता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण