खोटाङका महिलालाई राहत : पाठेघरको निःशुल्क शल्यक्रिया अब जिल्ला अस्पतालमै
सारांश
- खोटाङ जिल्ला अस्पतालमा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया सेवा सुरु भएको छ।
- दुई महिलाको शल्यक्रिया सफल भइसकेको छ, विपन्न र पहुँचविहीन महिलालाई लक्षित गरी सेवा थालिएको हो।
- जिल्लामै विशेषज्ञ सेवा र निःशुल्क उपचार उपलब्ध भएपछि स्थानीय खुसी भएका छन्, र अब अन्यत्र जानुपर्ने बाध्यता हटेको छ।
खोटाङ । खोटाङको जिल्ला अस्पतालमा पहिलोपटक पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ। यो सेवा सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि पनि ठुलो खर्च गरेर काठमाडौँ वा विराटनगर धाउनुपर्ने जिल्लावासीको बाध्यता हटेको छ।
अस्पतालमा सेवा सुरु भएलगत्तै दुईजना महिलाको सफल शल्यक्रिया समेत गरिसकिएको छ। अस्पताल प्रमुख डा. अमिताब ठाकुरले जिल्लामै उपलब्ध विशेषज्ञताको प्रयोग गरी विपन्न र पहुँचविहीन महिलालाई लक्षित गरेर यो सेवा थालिएको जानकारी दिए। अस्पतालले पाठेघरको शल्यक्रिया मात्र नभई पाठेघरको मुखको क्यान्सर परीक्षण, बाँझोपनको उपचार र जटिल प्रसूति सेवा (दोस्रो पटकको शल्यक्रिया) समेत उपलब्ध गराउन थालेको छ।
आफ्नै जिल्लामा विशेषज्ञ डाक्टर र निःशुल्क उपचार पाइने भएपछि लामो समयदेखि रोग लुकाएर बसेका महिलाहरू अहिले अस्पताल आउन थालेका छन्। जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं समन्वय समिति प्रमुख सनबहादुर राईका अनुसार मन्त्रालयबाट विशेषज्ञ चिकित्सक झिकाएर यो सेवालाई दीर्घकालीन बनाउने प्रयास गरिएको हो।
यसअघि खोटाङका १० वटा स्थानीय तहमा पाठेघरको शल्यक्रिया गर्ने सुविधा नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने अवस्था थियो। केही समयअघि मात्रै दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाले दर्जनौँ महिलालाई गाडी रिजर्भ गरेर बनेपासम्म लगेर उपचार गराएका थिए।
अब भने नगरपालिकाले लाखौँ खर्च गरेर बिरामी बाहिर लैजानु पर्दैन। जिल्लामै गुणस्तरीय सेवा सुरु भएपछि उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने जोखिम टरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण