रास्वपा निर्वाचन बिथोल्न खोज्दैछः एमाले
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन विथोल्न लागेको आरोप लगाएको छ । शनिवार पार्टी कार्यलयमा पत्रकार सम्मलेन गरि एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने भएपछि रास्वपा विथोल्न तिर लागेको आरोप लगाएको हो ।
एमालेको निर्वाचन प्रचार समितिका संयोजक मिनबहादुर शाहीले निर्वाचन विथोल्नको लागी रास्वपाले एमालेको झण्डा, प्रचार सामाग्री जलाउने तथा घृणा फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाए । निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको उनले बताए ।
शाहीले शान्ति–सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको आरोप लगाए । देशभर एमालेको आस्थाको केन्द्र ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउने, पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने र समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधि तिब्र बनेको उनको जिकिर छ ।
उनले यस्ता कार्यलाई चुनावी द्वन्द्वतर्फ देशलाई धकेल्ने गम्भीर षड्यन्त्र भएको बताए । शान्ति–सुरक्षाको विषयलाई विश्वसनीय बनाउन उनले सरकारसँग माग गरे । उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउने बीचको जनमत संग्रह का रूपमा लिएको उल्लेख गर्दै कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, फेक सर्वेक्षण सार्वजनिक गर्ने र मतदातालाई प्रभाव पार्ने प्रयास भएको आरोप लगाए । एमालेले स्वच्छ, निष्पक्ष र भयरहित मतदानको वातावरण बनाउन सरकारसँग माग गरेको छ । आम मतदाताको निर्भीक रूपमा मतदान केन्द्रसम्म पुग्ने नैसर्गिक अधिकार संरक्षण गर्ने दायित्व सरकारको भएको एमालेको भनाइ छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उल्लेख गर्दै एमालेले होली पर्वको अवसरमा अमुक दलको चुनाव चिन्ह अंकित टिर्सट वितरण गरिएको आरोप लगाएको छ । आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोग उदासीन देखिएको पनि एमालेको आरोप छ । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधसँग केरा खाँदा शरीरमा के हुन्छ ?
-
मोरङ सिजुवाका उद्धव पाठकबाट मात्रै ठगिए सयौँ युवा, २६८ जनाले दिए निवेदन
-
एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण