शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्जुरी समयको अन्तिम मिनेटमा गोल, लिभरपुलको नाटकीय जित

सोमबार, ११ फागुन २०८२, ०६ : २०
सोमबार, ११ फागुन २०८२

सारांश

  • लिभरपुलले नटिङ्घम फरेस्टलाई ९७ औं मिनेटमा गोल गर्दै रोमाञ्चक जित हासिल गर्यो।
  • म्याक एलिस्टरको गोल भिडियो असिस्टेन्ट रेफ्रीले बदर गरे पनि अन्त्यमा उनैले गोल गरे।
  • जितसँगै लिभरपुलले चेल्सी र म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गर्यो।

लण्डन । लिभरपुलले नटिङ्घम फरेस्टविरुद्धको निकै सङ्घर्षपूर्ण खेलमा ९७ औँ मिनेटमा गोल गर्दै रोमाञ्चक जित निकालेको छ। सिटी ग्राउण्डमा भएको खेलको अन्तिम क्षणमा अर्जेन्टिनी खेलाडी एलेक्सिस म्याक एलिस्टरले बललाई जाली चुमाएपछि लिभरपुलका हजारौँ समर्थकहरू खुसीले झुमेका थिए। 

यसअघि नै म्याक एलिस्टरले गरेको एउटा गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले ह्यान्डबल भन्दै बदर गरिदिए पनि खेलको अन्त्यतिर उनकै गोलले लिभरपुललाई स्पष्ट तीन अङ्क दिलायो। भर्जिल भान डाइकको हेडरलाई फरेस्टका किपर स्टेफन ओर्टेगाले रोके पनि रिबाउन्डमा आएको बललाई म्याक एलिस्टरले सदुपयोग गरेका थिए।

खेलको सुरुवाती समयमा लिभरपुलले निकै सङ्घर्ष गर्नुपरेको थियो भने वार्म-अपकै क्रममा मुख्य खेलाडी फ्लोरियन विर्ट्ज घाइते हुनु टोलीका लागि चिन्ताको विषय बन्यो। पहिलो हाफमा घरेलु टोली फरेस्टले लिभरपुलमाथि कडा दबाब बनाएको थियो र एलिसन बेकरले केही उत्कृष्ट बचाउ नगरेको भए नतिजा अर्कै हुन सक्थ्यो। 

आर्ने स्लटको टोलीले पहिलो ४५ मिनेटमा निकै फितलो प्रदर्शन गरे पनि दोस्रो हाफमा केही सुधारिएको खेल देखायो। यस जितसँगै ४५ अङ्क जोडेको लिभरपुल तालिकाको चौथो स्थानमा रहेको चेल्सी र पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडसँग अङ्क बराबरी गर्न सफल भएको छ ।

हारपछि पनि फरेस्ट रेलिगेसन क्षेत्रभन्दा दुई अङ्क माथि १७ औँ स्थानमा यथावत छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप