काठमाडौँ उपत्यकाको एकीकृत विकास अवधारणा सार्वजनिक गर्दै कांग्रेस
बुधबार, १३ फागुन २०८२, २१ : २२
सारांश
- नेपाली कांग्रेसले काठमाडौं उपत्यकाको एकीकृत विकाससम्बन्धी साझा अवधारणा सार्वजनिक गर्ने भएको छ।
- बिहीबार दिउँसो विशालनगरस्थित चेरिस रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी अवधारणा सार्वजनिक गरिनेछ।
- कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको तयारीबारे जानकारी दिन सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ उपत्यकाको एकीकृत विकाससम्बन्धी साझा अवधारणा (प्रतिज्ञापत्र) सार्वजनिक गर्ने भएको छ ।
बिहीबार दिउँसो १ बजे विशालनगरस्थित चेरिस रेष्टुरेन्ट (बिगमार्टसँगै) मा एक कार्यक्रमको आयोजना गरेर अवधारणा सार्वजनिक गर्न लागेको कांग्रेसले जनाएको छ । कार्यक्रममा काठमाडौँ उपत्यकाका प्रतिनिधि सभा सदस्यका सबै उम्मेदवार सहभागी हुने जनाइएको छ ।
यसैगरी, प्रतिनिधि सभा निर्वाचनको तयारीबारे जानकारी दिन कांग्रेसले बिहीबार नै दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
केन्द्रीय प्रचारप्रसार समितिको आयोजनामा हुने पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन तयारी, रणनीति र आगामी कार्यक्रमबारे जानकारी गराइने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
-
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
-
१० बजे १० समाचार : ओलीले पठाए आयोगमा पत्र, रास्वपाको प्रस्तावविरुद्ध आन्दोलनको तयारी
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण