‘मिसेज भोग नेपाल’मा छानिए ९ विजेता
काठमाडौँ । ‘मिसेज भोग नेपाल’ सीजन–३ मा ९ विजेता छानिएको छ । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा आयोजित प्रतियोगितामा ‘मिसेस भोग नेपाल ग्राण्ड २०२६’ प्रतीक्षा थापा, ‘मिसेस भोग नेपाल यूनिभर्स २०२६’ प्राचि तोमर, ‘मिसेस भोग नेपाल वर्ल्ड २०२६’ किमी चौलागाई, ‘मिसेस भोग नेपाल अर्थ २०२६’ कविता ढकाल, ‘मिसेस भोग नेपाल ग्लोबल २०२६’ कोमल नेपाली, ‘मिसेस भोग नेपाल टुरिजम २०२६’ऋचा रानी राम, क्लासिक मिसेस भोग नेपाल ग्राण्ड २०२६’’श्रीनु श्रेष्ठ, ‘क्लासिक मिसेस भोग यूनिभर्स २०२६’ ज्योती कुर्मी’, ‘क्लासिक मिसेस भोग नेपाल यूनिभर्स २०२६’ सम्झना फुयाँल गरेर ९ विजेता एकसाथ छानिएका हुन् ।
२१ जना विवाहित महिला प्रतिस्पर्धी रहेको प्रतियोगितामा प्रतिस्पर्धीको उत्कृष्ट प्रस्तुति, मेहनत तथा समपर्णलाई मध्यनजर तथा मूल्याङ्कन गर्दै विजेता घोषणा गरिएको हो ।
ग्राण्ड फिनालेका क्रममा प्रतिस्पर्धीहरुले विभिन्न सिक्वेन्सहरुमा र्याम्प वाक गर्दै विभिन्न डिजाइनहरूका सुन्दर, क्लासी तथा इलिगेन्ट पहिरनहरू प्रदर्शन गरेका थिए । प्रतियोगितामा अघिल्लो सिजनका विजेताहरू सञ्जु श्रेष्ठ, रुथ सिवाकोटी तथा श्वेता बज्राचार्यको उपस्थिति थियो ।
विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूलाई चुलोचौका बाहिर रहेर समाजमा अगाडि बढ्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना हुँदै आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण