५ वर्षमा के–के गर्ने भन्नेमा बहस गर्न अरू दललाई आह्वान गर्छु : गगन थापा
सारांश
- गगन थापाले प्रतिनिधिसभा निर्वाचनपछि ५ वर्षको कामबारे सबै दलसँग बहस गर्न तयार रहेको बताए।
- उनले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई बहसका लागि निम्ता दिए तर उनीहरू तयार भएनन्।
- थापाले कांग्रेसलाई ०८२ देखि ०८७ सम्म मौका दिन आग्रह गर्दै मुलुकमा स्वर्णिम कालको सुरुवात गर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचनपछि ५ वर्ष गर्ने कामबारे सबै दलसँग बहस गर्न तयार रहेको बताएका छन् ।
कर्णालीको सुर्खेतमा बिहीबार भएको पार्टीको चुनावी सभामा बिहीबार सभापति थापाले आफूले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई बहसका लागि निम्तासमेत दिए ।
‘मुलुकको विकासबारे एउटै मञ्चमा उभिएर कुरा गरौँ । म नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसँग प्रस्ताव गर्छु,’ सभापति थापाले भने, ‘तर, उहाँहरू तयार हुनुभएको छैन ।’
कांग्रेसले यो देश अर्काले बिगार्यो, म आएर सम्हाल्छु भनेर नभन्ने समेत सभापति थापाले बताए । उनले कर्णालीबासीलाई ०८२ देखि ८७ सम्म कांग्रेसलाई मौका दिन आग्रह गर्दै मौका दिएमा मुलुकमा स्वर्णिम कालको सुरुवात गर्ने बताए । ‘०८२ देखि ०८७ सम्म कांग्रेसलाई मौका दिनुस् । मौका दिनुभयो भने । स्वर्णिम काल बनाउँछौँ । नेपाललाई ५ वर्ष सुधार्छौ,’ सभापति थापाले भने ।
उनले कांग्रेसले सपनाका आधारमा लक्ष्य तय गरेको बताउँदै त्यो लक्ष्य मौका दिएमा पूरा गरेर छाड्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण