आइतबार यी राशिका लागि शुभ, हेर्नुहोस् राशिफल
सारांश
- फाल्गुन १७ गतेको पञ्चाङ्गमा तिथि, नक्षत्र, योग, र करणसहितका विवरणहरू प्रस्तुत गरिएको छ।
- काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय तथा दिनमानको जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल र बारबेलाको समय उल्लेख गरिएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन १७ गते । आइतबार । इस्वी सन् २०२६ मार्च १ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–त्रयोदशी, ३१ घडी ७ पला, बेलुकी ६ बजेर ५८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– तिष्य, ५ घडी १३ पला, बिहान ८ बजेर ३६ मिनेट उप्रान्त अश्लेषा । योग–शोभन, २० घडी ४१ पला, दिउँसो २ बजेर ४७ मिनेट उप्रान्त अतिगण्ड । करण–कौलव, बिहान ७ बजेर ४२ मिनेट उप्रान्त तैतिल, बेलुकी ६ बजेर ५८ मिनेट उप्रान्त गर । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कर्कट ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३ मिनेट । दिनमान २८ घडी ५१ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ३१ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ६ बजेर ३२ मिनेटदेखि बिहान ७ बजेर ५७ मिनेटसम्म चर बेला ।
- बिहान ७ बजेर ५८ मिनेटदेखि बिहान ९ बजेर २४ मिनेटसम्म लाभ बेला ।
- बिहान ९ बजेर २५ मिनेटदेखि बिहान १० बजेर ५१ मिनेटसम्म अमृत बेला ।
- बिहान १० बजेर ५२ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म काल बेला ।
- दिउँसो १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म शुभ बेला ।
- दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर १० मिनेटसम्म रोग बेला ।
- दिउँसो ३ बजेर ११ मिनेटदेखि बेलुकी ४ बजेर ३७ मिनेटसम्म उद्वेग बेला ।
- बेलुकी ४ बजेर ३८ मिनेटदेखि बेलुकी ७ बजेर ३७ मिनेटसम्म शुभ बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बेलुकी ४ बजेर ३६ मिनेटदेखि बेलुकी ६ बजेर ३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५५ मिनेटदेखि बिहान ४ बजेर ४३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा आजको दिन टाढै रहनु नै बेस हुनेछ नजिकिँदा मनमुटाब हुनेछ । तर पनि आफन्तका साथ घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । वित्तीय क्षेत्रमा गरिने लगानीबाट लाभ लिन सकिनेछ । राजनीति तथा जनताको काममा समय व्यातित हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, उद्योग तथा शेयर बजारमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यापार फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । परिवारका साथ भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरीको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्यम रहेको छ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम मात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । नोकरीमा पदोन्नति वा स्थानान्तरणको गतिलो योग रहेको छ । नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाईँकै प्रशंसा गर्न थाल्नेछन् । बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ । मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडी आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । बैङ्किङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण