श्री स्टील्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त
काठमाडाैँ । स्टील्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक शेयरको निष्काशन गर्ने भएको छ ।
कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
नेपालको एक प्रसिद्ध नाम श्री स्टील्स लिमिटेड एक पूर्ण स्वचालित प्लान्ट हो जसले टीएमटी रिबारहरुको निर्माणमा विशेषज्ञता हासिल गरेको छ । नेपाल जस्तो भौगोलिक जटिलता र भुकम्पीय जोखिम रहेको देशको संरचना निर्माणमा अत्याधिक बलिया संरचनाहरु निर्माणमा ध्यान दिनुपर्ने हुन्छ ।
श्री स्टील्स नेपालको पहिलो ब्राण्ड हो जोसंग टीएमटी रिबारहरुको उत्पादनको लागि सिक्स स्ट्यान्ड ब्लक मिलको अत्याधुनिक जापानी प्रबिधिमा आधारित उपकरण रहेको छ । विश्वमा उपलब्ध भएका सबैभन्दा उत्तम प्रविधि प्रयोग गरेर नेपालमा सम्भव भएसम्म उत्कृष्ठ उत्पादन गरी नेपालको औद्योगिक आधारलाई बलियो बनाउनु र इमान्दारी तथा निष्ठाका साथ देश निर्माणका लागि आवश्यक फलाम तथा रड जन्य पदार्थमा देशलाई आत्मनिर्भर बनाउने र रोजगारी सृजना गर्ने यस कम्पनीको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
आज भएको सो सम्झौतामा श्री स्टील्स लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध संचालक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । निष्काशन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरियको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण