शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओखलढुङ्गामा गोली चलेको खबर भ्रामक : प्रहरी

बिहीबार, २१ फागुन २०८२, ११ : २८
बिहीबार, २१ फागुन २०८२

सारांश

  • ओखलढुङ्गामा मतदान बिथोलेको र गोली चलेको भन्दै सामाजिक सञ्जालमा आएका समाचारहरु गलत भएको प्रहरीले जनाएको छ।
  • जिल्ला प्रहरी कार्यालय दोलखाले फेसबुकमा भाइरल भएको समाचारको खण्डन गरेको छ।
  • प्रहरीले गलत अफवाह फैलाउने र त्रास फैलाउने व्यक्तिको पहिचान गरी कारबाही गर्ने जनाएको छ।

काठमाडौँ । ओखलढुङ्गामा मतदान कार्य बिथोलिएको र गोली लागेर मानिस घाइते भन्दै सामाजिक सञ्जालमा प्रसारित भिडियो र समाचार झुटो भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले सामाजिक सञ्जालमा फैलिएको समाचारको कडा खण्डन गरेको गरेको हो ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा झडप भएको र सेनाले गोली चलाएको दृश्य सामाजिक सञ्जालमा भाइरल छ । ओखलढुङ्गाका डीएसपी मदन केसीले फेसबुकमार्फत फैलाइएको उक्त सूचना पूर्णरुपमा झुटो र भ्रामक रहेको बताए । उनले भने, ‘ओखलढुङ्गामा शान्तिपूर्ण मतदान भइरहेको छ ।’ 

प्रहरीले गलत अफवाह फैलाएर आम नागरिकमा त्रास फैलाउने कार्यमा संलग्न व्यक्तिको पहिचान र खोजतलास भइरहेको जानकारी दिएको छ । यस्ता भ्रामक सूचना फैलाउनेलाई कानुन बमोजिम आवश्यक कारबाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ ।

644495970_2153677448802480_9096918880084244007_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप