ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका चालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भयो।
- प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी चोकमा ना५ख ९००६ नम्बरको ट्रकले ना२८प ४२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले दुर्घटनामा करिब ३५ वर्षीय युवकको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका उनले बताए ।
दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको परिचय नखुलेको खड्काले जानकारी दिए । दुर्घटनामा संलग्न ट्रक चालक भक्तपुरको भक्तपुर नगरपालिका–७ का ४२ वर्षीय आशकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण