प्रतिनिधि सभा निर्वाचन
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महता निर्वाचित
शनिबार, २३ फागुन २०८२, २२ : ०७
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ कञ्चनपुर क्षेत्र नम्बर–३ मा ज्ञानेन्द्र सिंह महता निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार हरि प्रसाद बोहरालाई १७ हजार६७५ मतान्तरले पछि पार्दै महता निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार महताले २७ हजार ११८ मत पाएका छन् । उनका निकटतम प्रतिद्ववन्दी कांग्रेसका बोहराले ९ हजार ४४३ मत ल्याए ।
नेकपा एमालेका उम्मेदवार दीपक प्रकाश भट्ट ७ हजार ५७५ मत सहित तेस्रो स्थानमा सिमित भएका छन् । २०७९को निर्वाचनमा सो क्षेत्रमा कांग्रेसका रमेश लेखक निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
-
पोखरा बसपार्कमा कहिले चल्छ डोजर ?
-
दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण