साप्ताहिक राशिफल
यी हुन् यस साता भाग्यले साथ दिने राशिहरू, हेर्नुहाेस् साप्ताहिक राशिफल
आइतबार, २४ फागुन २०८२, ०४ : ४३
सारांश
- साप्ताहिक राशिफल अनुसार, मेष राशिका लागि समय राम्रो रहने र व्यापारमा सफलता मिल्नेछ।
- वृष राशिका व्यक्तिहरूले आर्थिक पक्षमा सुधार गर्नेछन् र यात्राको अवसर मिल्नेछ।
- मिथुन राशिका लागि साता राम्रो रहने, लगानी र प्रेम सम्बन्धमा सफलता मिल्नेछ।
फाल्गुन २४ गते आइतबारदेखी ३० गते शनिबारसम्मको साप्ताहिक राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यतीत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा मन जानेछ । सोमबार मध्यान्हबाट बुधबार साँझसम्मको समय मध्यम रहेकोले आफन्त तथा चेली माइती बिच बैमानस्यता बढ्ने ग्रहयोग रहेको छ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली विलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । राजनीतिमा विजय र पराजयको यात्रालाई स्वीकार गरी अगाडी बढ्नु पर्ने अवस्था आउनेछ । बिहीबारबाट सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घटना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमानस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।
- मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साताको समय राम्रो रहेकोले विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने नोकरीमा बढुवा हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मावली पक्षको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम उच्च स्थानमा आउनेछ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सोमबार बिहानसम्मको समय मध्यम रहेकोले आमासँग टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । सोमबार दिउसोबाट व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ । राजनीतिक यात्रा, बैठक तथा भेटघाटमा समय व्यतीत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने तथा विजयको योग रहेको छ । सोमबार मध्यान्हबाट बुधबार साँझसम्मको समय मध्यम रहेकोले निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ ।
- कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूलाई लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । बिहीबारबाट राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी बढाई प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङ्कन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सोमबार बिहानसम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । सोमबार मध्यान्हबाट राजनीतिक यात्रा, बैठक तथा भेटघाटमा समय व्यतीत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । अध्ययन वा कामको सिलसिलामा यात्राको योग रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । सोमबार मध्यान्हबाट बुधबार साँझसम्मको समय मध्यम रहेकोले आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ ।
- मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवन शैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । साताको अन्त अर्थात् शुक्रबारबाट अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरू रोकिन सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यम रहेको छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागी भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको समय राम्रो रहेकोले तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीतिमा प्रतिस्पर्धीलाई पछि पार्दै पद प्राप्तिको योग रहेको छ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
- मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सोमबार बिहानसम्मको समय मध्यम रहेकोले आफ्नो काममा भन्दा पनि अरूकै काममा समय व्यतीत हुनेछ । महत्त्वाकाङ्क्षी योजनाहरू पुरा गर्न निकै सङ्घर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरूसँग राय बाझिनेछ । सोमबार मध्यान्हबाट सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण