गाेरखा १
गोरखा–१ मा फराकिलो अग्रता बनाउँदै रास्वपाका सुदन गुरुङ
सोमबार, २५ फागुन २०८२, ०३ : ०९
सारांश
- गोरखा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङले अग्रता कायम गरेका छन्।
- गुरुङले १६ हजार ५ सय ५१ मत प्राप्त गर्दा कांग्रेसका प्रेम कुमार खत्रीले १० हजार १ सय १७ मत ल्याए।
- नेपाल कम्युनिस्ट पार्टीका हरि राज अधिकारी ६ हजार ६ सय ३२ मतका साथ तेस्रो स्थानमा छन्।
काठमाडाैँ। प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा गोरखा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले आफ्नो अग्रता फराकिलो बनाएका छन् ।
यो समाचार तयार पार्दासम्म प्राप्त मत परिणाम अनुसार गुरुङले १६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले १० हजार १ सय १७ मत प्राप्त गरेका छन् । हाल गुरुङ र खत्रीबिचको मतान्तर ६ हजार ४ सय ३४ रहेको छ ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हरि राज अधिकारीले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण