आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
साप्ताहिक राशिफल

करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल

आइतबार, ०१ चैत २०८२, ०३ : ५८
आइतबार, ०१ चैत २०८२

सारांश

  • साप्ताहिक राशिफल अनुसार, मेष राशिका लागि आर्थिक अवस्था सुदृढ हुने र माया प्रेमको सम्बन्ध राम्रो रहनेछ।
  • वृष राशिका व्यक्तिहरू सामाजिक तथा धार्मिक कार्यमा सक्रिय हुनेछन्, भने मिथुन राशिका लागि साताको सुरुको समय मध्यम रहनेछ।
  • कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिका लागि साताभरिका विभिन्न अवसर र चुनौतीहरू रहेका छन्।

चैत्र १ गते आइतबारदेखी ७ गते शनिबारसम्मको साप्ताहिक राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अनलाइन व्यापार तथा शेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ । बिहीबारबाट आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम सङ्गत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । राजनीतिक यात्रा, बैठक तथा भेटघाटमा समय व्यातित हुनेछ । पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा  लगानी गरी नाफा कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सोमबार साँझसम्मको समय मध्यम रहेकोले सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ । सोमबार बेलुकीबाट सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ ।
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ ।  व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनः दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ऋण, रोग तथा शत्रुबाट छुटकारा पाउन सकिनेछ । आर्थिक पक्ष बलियो रहने हुनाले जीवनशैली बिलासी रहनेछ । नोकरीमा हुन प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अघि बढ्न सकिनेछ । बिहीबारबाट सोख तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ ।
  • कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सोमबार साँझसम्मको समय मध्यम रहेकोले अध्ययनमा बाधा वा यात्रामा तनाव हुनेछ । उपहार प्राप्तिको योग भए पनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । सोमबार बेलुकीबाट तार्किक क्षमतामा वृद्धि भएर जानेछ । वाणीमा थप निखार आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सोमबार साँझसम्मको समय मध्यम रहेकोले घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । राजनीतिकर्मीका लागी समय मध्यम रहेको छ । सोमबार साँझबाट व्यापार तथा शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने बंस वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइ अन्य दिनभन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय राम्रो रहेकोले अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने तथा पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेको छ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । राजनीति तथा सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । बिहीबारबाट काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभ तथा मांगलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग, शेयर बजार तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ । छोटो दुरीको यात्रा तय हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन पाइने र राज्यबाट पद प्राप्तिको योग रहेको छ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सोमबार साँझसम्मको समय मध्यम रहेकोले खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय सङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । सोमबार साँझबाट नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरूले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।
  • मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको सुरु र अन्तको समय राम्रो रहेकोले राजनीतिमा पद प्राप्तिको योग रहेको छ । भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा  लगानी गरी नाफा कमाउन सकिनेछ । सरकारी तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । मंगलबार र बुधबार स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पत्ति हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप