आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे राशिफल

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

सोमबार, ०२ चैत २०८२, ०५ : ०२
सोमबार, ०२ चैत २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल चैत्र २ गतेको बार, तिथि, नक्षत्र, योग, र करणसहितको विवरण दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मका व्यक्तिहरूको लागि राशिफल दिइएको छ, जसमा विभिन्न ग्रहहरूको प्रभाव र फल बताइएको छ।
  • शुभ कार्यका लागि अमृत बेला र लाभ बेलाको समयलाई ध्यान दिनुहोस्, र राहुकालको समयमा शुभ कार्य नगर्न सुझाव दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल चैत्र २ गते । सोमबार । इस्वी सन् २०२६ मार्च १६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–द्वादशी, ४ घडी ४६ पला, बिहान ८ बजेर १० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–धनिष्ठा, ५८ घडी ९ पला, रातको ५ बजेर ३० मिनेट उप्रान्त शतभिषा । योग– शिव, ६ घडी ३ पला, बिहान ८ बजेर ४० मिनेट उप्रान्त सिद्ध । करण– तैतिल, बिहान ८ बजेर १० मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मकर, बेलुकी ५ बजेर ९ मिनेट उप्रान्त कुम्भ ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १२ मिनेट । दिनमान २९ घडी ५३ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर १५ मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर १६ मिनेटदेखि बिहान ७ बजेर ४५ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर ४६ मिनेटदेखि बिहान ९ बजेर १४ मिनेटसम्म शुभ बेला ।
  • बिहान ९ बजेर १५ मिनेटदेखि बिहान १० बजेर ४४ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर ४५ मिनेटदेखि बिहान १२ बजेर १३ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १२ बजेर १४ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म चर बेला ।
  • दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर १३ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो ३ बजेर १४ मिनेटदेखि बेलुकी ४ बजेर ४२ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ४ बजेर ४३ मिनेटदेखि बेलुकी ७ बजेर ४२ मिनेटसम्म चर बेला ।

नोट :शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ७ बजेर ४४ मिनेटदेखि बिहान ९ बजेर १४ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट :राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ३९ मिनेटदेखि बिहान ४ बजेर २७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होइनेछ । व्यापार व्यवसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खोजीमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ । राजनीतिमा जनताको गतिलो समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कल्याणकारी काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ । आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी दिन उत्तम रहेको छ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा  लगानी गरी नाफा कमाउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ । साँझपख धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । शेयर बजार तथा व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा प्रशस्त फाइदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । शेयर बजार तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ । स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरेलु समस्याले सताउनेछ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । राजनीतिकर्मीका लागी समय अन्य दिन भन्दा मध्यम रहेको छ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको खरिदबिक्रीबाट नाफा कमाउन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूका लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादन मूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरूले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाइ लेखाइमा मन जाने छैन । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ । तर पनि लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । वित्तीय बजारमा गरेको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
  • मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामको सवालमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइको सहयोग पाइनाले मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार वा शेयर बजारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समय फलदायी रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप