बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रवि लामिछानेको अभियोग संसोधन मुद्दा ‘हेर्दाहेर्दै’ मा, भोलि फेरि सुनुवाइ हुने

सोमबार, ०२ चैत २०८२, १७ : ३०
सोमबार, ०२ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी र अन्य मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट हेर्दाहेर्दैमा राखियो।
  • सर्वोच्च अदालतले उक्त मुद्दाको सुनुवाइ भोलि गर्ने भएको छ।
  • महान्यायाधिवक्ताले लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउन निर्देशन दिएपछि रिट दायर गरिएको थियो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएपनि हेर्दाहेर्दैमा राखिएको हो ।  उक्त मुद्दाको भोलि फेरि सुनुवाइ हुनेछ । 

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

सो निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप