एसपीए कैलाली प्राइड लिगको सेमिफाइनल समीकरण पूरा: अन्तिम चारमा धनगढी
सारांश
- धनगढी उपमहानगरपालिकाले फाप्ला क्रिकेट मैदानमा भएको खेलमा आलिताललाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
- खेलमा आलितालले ८२ रन बनायो भने धनगढीले ८३ रनको लक्ष्य १२ ओभरमा पूरा गर्यो।
- प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख रुपैयाँ पाउनेछन्, र प्रतियोगिता चैत ५ गतेसम्म चल्नेछ।
धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी चौथो संस्करणको प्रदेशस्तरीय 'एसपीए कैलाली प्राइड लिग'को सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ।
मंगलबार सम्पन्न निर्णायक खेलमा आलिताल गाउँपालिकालाई ७ विकेटले पराजित गर्दै धनगढी उपमहानगरपालिका अन्तिम चारमा प्रवेश गर्ने चौथो टोली बनेको हो।
यसअघि नै बाजुराको बुढीगंगा नगरपालिका, कैलालीको घोडाघोडी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका ‘बी’ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आलिताल गाउँपालिकाले १९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८२ रन बनाउन सक्यो। आलितालका लागि समीर बिस्टले सर्वाधिक २४, कप्तान दिल बोहराले १४ र राजु रिजालले १२ रन जोडे। आलितालको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा धनगढीका सन्नी बीकले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ७ रन खर्चेर ३ विकेट लिए। त्यस्तै प्रकाश जंग कार्की र विशाल क्षेत्रीले समान २–२ विकेट झारे।
८३ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी उपमहानगरपालिकाले १२ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। धनगढीको जितमा रोहन बीकेले २२ रन बनाए भने सन्नी बीकले ब्याटिङमा पनि चम्किँदै ८ बलमा २ छक्कासहित अविजित १९ रनको विष्फोटक पारी खेले। शंकर बोहरा १३ रनमा अविजित रहे। आलितालका निराजन ऐर, दिल बोहरा र समीर बिस्टले १–१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।
सोमबार सम्पन्न खेलहरूमा टीकापुर नगरपालिकालाई पराजित गर्दै पुनर्वास ‘बी’ सेमिफाइनलमा पुगेको थियो। पुनर्वासले दिएको १६७ रनको लक्ष्य पछ्याएको टीकापुर ५४ रनमै समेटिएको थियो।
सोमबार नै भएको अर्को खेलमा आलितालले बरदगोरियालाई हराएर सेमिफाइनलको आशा जीवित राखे पनि आज धनगढीसँग पराजित भएसँगै आलिताल प्रतियोगिताबाट बाहिरिएको छ।
त्यसअघि नै घाेडाघाेडी र बुढीगंगा पनि सेमिफाइनल पुगेका थिए । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा जारी यस प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता चैत ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा १२ वटा टिमकाे सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण