अर्थमा स्वर्णिम वाग्ले निर्विकल्प, गृहमा दुई जनाको दाबी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी मन्त्रिमण्डल गठनको गृहकार्यमा जुटेको छ, र मन्त्री पदका लागि छलफल भइरहेको छ।
- अर्थमन्त्रीका लागि स्वर्णिम वाग्लेको नाम चर्चामा छ, भने गृह मन्त्रालयका लागि डीपी अर्याल र सुनिल लम्सालले दाबी गरिरहेका छन्।
- पार्टीले अर्याललाई सभामुख बनाउन खोजेको छ, तर उनले रुचि देखाएका छैनन्, र उनलाई भौतिक पूर्वाधारमा व्यवस्थापन गर्ने विकल्प रहेको छ।
काठमाडौँ । दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्यमा छ । मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार अहिले अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको नाम मात्रै चर्चामा छ । वाग्ले जत्तिको पोर्टफोलियो भएको व्यक्ति नभेटिएकोले उनको दाबी हुँदासम्म अरू कसैले पनि यो मन्त्रालयको दाबी नगरेको बताइन्छ ।
यसअघि वाग्लेलाई ‘चेक’ गर्न राष्ट्रिय सभामा अहिलेका अर्थमन्त्री रामेश्वर खनाललाई लैजाने चर्चा थियो । तर, सरकारले राष्ट्रिय सभामा रिक्त विज्ञ सांसदमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।
त्यस्तै, अर्को शक्तिशाली मन्त्रालयको रूपमा रहेको गृह मन्त्रालयमा भने दुई जनाले दाबी गरिरहेका छन् । अहिलेसम्म पार्टीका उपसभापति डीपी अर्याल तथा नेता सुनिल लम्सालले उक्त मन्त्रालयको दाबी गरिरहेका छन् ।
लम्साल बालेन निकट हुन् । रुपन्देही–१ बाट निर्वाचित उनको नाम यसअघि बालेन टिमको तर्फबाट महामन्त्रीका लागि चर्चामा समेत थियो । शक्तिशाली मन्त्रालयमा बालेन र रवि पक्षबिच सन्तुलन मिलाउन बालेन पक्षले लम्साललाई ल्याउन चाहेको छ । तर, अर्यालले भने आफू गृहमन्त्री बाहेक अरू केही नबन्ने बताउँदै आएको छन् ।
पार्टीले भने अर्याललाई सभामुखको रूपमा अघि सारेको छ, तर उनले सभामुख बन्न रुचि नदेखाएको बताइन्छ । गृहमन्त्री बन्न नपाएको अवस्थामा उनलाई भौतिक पूर्वाधारमा व्यवस्थापन गर्ने विकल्प राखिएको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण