सुरक्षा/अपराध
भ्लगरलाई तथानाम गाली गर्दै कुटपिट गर्ने एक जना पक्राउ
बिहीबार, ०५ चैत २०८२, १५ : ५९
सारांश
- भक्तपुरको नगरकोट सडकमा दुई भ्लगरलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा चाँगुनारायणका गणेश बहादुर तामाङ रहेका छन्।
- ओभरटेकको विवादपछि तामाङले भ्लगरहरुलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
काठमाडाैँ । भक्तपुर स्थित नगरकोट जाने सडकमा दुई जना भ्लगरलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोट घर भएका ४१ वर्षीय गणेश बहादुर तामाङ छन् । उनलाई बिहीबार भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
नगरकोट जाने सडकमा ओभरटेक गर्दा विवाद भएपछि तामाङले दुई जना भ्लगरलाई कुटेको भिडीयो सामाजिक सञ्जालमा भाइरल छ । भ्लगरहरुलाई अपशब्द बोल्दै कुटपिटमा संलग्न भिडियो भाइरल भएपछि प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण