अर्जुननरसिंह केसीले कांग्रेस संसदीय दलको नेतामा दाबी गर्ने
सारांश
- अर्जुननरसिंह केसीले कांग्रेस संसदीय दलको नेतामा दाबी गर्ने भएका छन्।
- उनले आफू सबैभन्दा सिनियर नेता भएको र संसदीय अभ्यासमा धेरै योगदान गरेको बताए।
- केसीले दलको नेता सहमतिबाट चयन होस् भन्ने चाहेको बताए।
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको प्रतिनिधिसभा संसदीय दलको नेतामा दाबी गर्ने भएका छन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट सांसद भएका केसीले संसदीय दलको नेतामा आफूले दाबी राख्ने बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूसँग केसीले दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका हुन् ।
केसीले दलको नेतामा आफ्नो दाबी स्वभाविक रहेको पनि बताए ।
‘संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ,’ केसीले सञ्चारकर्मीहरूसँग भने, ‘संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिने मध्ये म पनि हुँ ।’
दलको नेता सहमतिबाट चयन होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण