साप्ताहिक राशिफल
यो साता यी राशिहरूका लागि लाभको संकेत
आइतबार, ०८ चैत २०८२, ०० : ५६
सारांश
- साप्ताहिक राशिफल अनुसार, मेष राशिका लागि नयाँ प्रविधिको प्रयोग र रचनात्मक कार्यमा सफलता मिल्नेछ।
- वृष राशिका लागि साताको सुरुमा आर्थिक समस्या आउन सक्नेछ तर लगनशील भएर काम गर्दा सफलता मिल्नेछ।
- मिथुन र सिंह राशिका व्यक्तिहरूका लागि साताको अन्त्य राम्रो रहनेछ, जसले धन लाभ र सामाजिक प्रतिष्ठा दिलाउनेछ।
चैत्र ८ गते आइतबारदेखी १४ गते शनिबारसम्मको साप्ताहिक राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । विद्यार्थी वर्गहरूका लागी मेहनत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गरी नतिजा हात पार्न सकिनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । शुक्रबार मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यतीत हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु अर्थात् आइतबारको समय मध्यम रहेकोले आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम सङ्गत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । सोमबारबाट सानातिना समस्या देखिए पनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्राको तय हुनेछ ।
- मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक वस्तु लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ ।
- कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विशिष्ट व्यक्तिहरूको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समाजसेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाइड्रो पावरको लगानी फस्टाएर जानेछ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । शिक्षासँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । बुधवार र बिहीबारको समय मध्यम रहेकोले स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधी उपचार खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ । सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रसन्न रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । पूजा सामाग्री तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । साताको सुरु अर्थात् आइतबारको समय मध्यम रहेकोले यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा गरेको लगानीबाट आम्दानी हुनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागी प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिनेहरूले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यतीत हुनेछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम सङ्गत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । आर्थिक पक्ष बलियो रहने हुनाले जीवनशैली बिलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ । बुधवार र बिहीबार काम गर्दा ध्यान दिनुहोला आलोचकहरू बढ्नेछन् । व्यापारकै सिलसिलामा कष्टकर यात्रा नहोला भन्न सकिन्न । साथीभाइ तथा जीवन साथीको सहयोग नपाइँदा कामहरू बिचमा नै छोड्नु पर्ने हुन सक्छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आकस्मिक धन, सम्पत्ति लाभ हुने तथा चिठ्ठा, उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । शुभ माङ्गलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । साताको अन्ततिर यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँग हुने भेटघाटले मन प्रफुल्लित हुनेछ । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । साताको सुरु अर्थात् आइतबारको समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । पुँजी बजार तथा वित्तीय क्षेत्रसँग सम्बन्धित लगानीबाट आम्दानी बढाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ ।
- मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको अधिकांश समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । बुधवार र बिहीबारको समय मध्यम रहेकोले चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण