बीवाईडी नेपाल तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
आइतबार, ०८ चैत २०८२, १८ : ५४
काठमाडौँ । बीवाईडी नेपाल एकसाथ तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।
चिनियाँ गाडी निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाईडी) को नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंक (बीवाईडी नेपाल) चीनको सेन्जेनमा आयोजित बीवाईडी एसिया प्यासिफिक डिलर सम्मेलन २०२५ मा बीवाईडी नेपाल तीन अवार्डबाट सम्मानित भएको हो ।
बीवाईडी नेपालले ‘ब्रान्ड पिनाकल अवार्ड’, ‘इलिट पार्टनर अवार्ड’ र ‘सीएसआर आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन अवार्ड’ प्राप्त गरेको हो ।
सम्मेलनमा साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक युमना श्रेष्ठलाई तीन वटै अवार्ड प्रदान गरिएको थियो ।
एसिया प्रशान्त क्षेत्रमा बीवाईडीको व्यापारिक तथा ब्रान्ड सफलतामा उत्कृष्ट योगदान गर्ने आधिकारिक वितरकहरूमध्ये बीवाईडी नेपालले ती अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह ‘एल’ को निर्णायक भिडन्त: अन्तिम ३२ मा क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण