हिन्दुवादी पार्टीकी सांसदले लिइन् संस्कृत भाषामा शपथ
सारांश
- राप्रपाकी सांसद खुश्बु ओलीले सिंहदरबारमा संस्कृत भाषामा शपथ लिइन्।
- ओलीले संस्कृत भाषा सभ्यता, संस्कृति र ज्ञानको आधार भएको बताइन्।
- यसअघि स्वतन्त्र सांसद किरणकुमार साहले पनि संस्कृत भाषामा शपथ लिएका थिए।
काठमाडौँ । हिन्दुवादी तथा राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिएकी छन् ।
बिहीबार सिंहदरबारमा आयोजित शपथग्रहण समारोहमा उनले संस्कृत भाषामा शपथ लिएकी हुन् । संस्कृत भाषामा शपथ लिने उनी एक्ली सांसद हुन् ।
यसअघि २०७९ सालको निर्वाचनपछि स्वतन्त्ररुपमा निर्वाचित सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका थिए । त्यसअघि कुनै पनि सांसदले संस्कृतमा शपथ लिएको संसदमा रेकर्ड थिएन । यस आधारमा संस्कृत भाषामा शपथ लिने खुश्बु दोस्रो सांसद भएकी छन् ।
ओलीले सभ्यता, संस्कृति र ज्ञानको मूल आधार नै संस्कृत भएको बताइन्। ‘तर विश्वका अमेरिकादेखि जर्मनीसम्मका मुलुकहरूले यसको महत्त्व बुझेर संरक्षण र अध्ययन गरिरहेका बेला, हामीले आफ्नै धरोहरलाई कमजोर बन्न दिएका छौं’, उनले भनिन्, ‘त्यसैले, यही यथार्थलाई उजागर गर्न, हाम्रो पहिचानप्रति गर्वका साथ उभिन, हरेक विद्यालयहरूमा फेरि पनि संस्कृतको कक्षा सुचारु गर्न र संस्कृतको संरक्षण तथा प्रवर्द्धनको सशक्त सन्देश दिन मैले संस्कृत भाषामै शपथ लिने निर्णय गरेकी हुँ।’
शपथग्रहण समारोहमा ६३ सांसदले मातृभाषामा शपथ लिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण