आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

गगन थापाले भने– विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु

बिहीबार, १२ चैत २०८२, १९ : ४४
बिहीबार, १२ चैत २०८२

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोबास गर्ने नेपाली मूलका मानिसलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन् । 

एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भेट गर्दै सभापति थापाले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको जानकारी पनि दिए । 

एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका मानिसहरूबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानुन निर्माण गर्नु पर्ने भन्दै नेपाली कांग्रेसको ध्यानाकर्षण गराए। 

नेपाली संस्कृतिका माध्यमबाट विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ क्रियाशील रहेको उनले बताए। एएनओका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले नेपाली पनका माध्यमबाट विश्वभरको नेपाली मनहरू जोड्न नेपाल सरकार र दलहरूले उचित कार्यक्रमहरू ल्याउनुपर्ने धारणा राखेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप