सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले पायो पूर्णता, ८ सदस्य नियुक्त
सारांश
- सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् लामो समयपछि पूर्ण भएको छ, जसमा ८ जना नयाँ सदस्य नियुक्त भएका छन्।
- यसअघि सदस्य सचिवमा लोकबहादुर खड्का रवि नियुक्त भइसकेका थिए, तर अन्य सदस्य पदहरू रिक्त थिए।
- नयाँ सदस्यहरूको नियुक्तिले अब खेलकुद गतिविधिले गति लिने र पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले गठन भएको लामो समयपछि पूर्णता पाएको छ।
गत जेठ महिनामा सदस्य सचिवको नियुक्ति भए पनि अन्य सदस्य पदहरू रिक्त रहँदै आएका थिए। प्रदेश सरकारले हालै ८ जना नयाँ सदस्यहरू नियुक्त गरेसँगै परिषद्ले पूर्ण स्वरूप पाएको हो।
परिषद्को सदस्य सचिवमा यसअघि नै लोकबहादुर खड्का रवि नियुक्त भइसकेका थिए। लामो समयदेखि सदस्यहरूको प्रतीक्षामा रहेको परिषद्मा सरकारले विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी खेल क्षेत्रका व्यक्तित्वहरूलाई मनोनीत गरेको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्यमा नियुक्त हुनेहरूमा डडेलधुराकी गौरी हमाल, अछामका चेतमान विक्रम शाह, दार्चुलाका श्याम सिंह सिनाल र कैलालीका प्रमोद मल्ल रहेका छन्।
त्यस्तै, डोटीका रुपेन्द्र बहादुर धामी, अछामकी निता कुमारी खत्री, बझाङका नवीन बहादुर सिंह र कैलालीका दिपजंग शाही पनि परिषद् सदस्यमा नियुक्त भएका छन्।
सदस्य सचिव मात्र हुँदा नीतिगत र संस्थागत काममा केही असहजता हुँदै आएकोमा अब पूर्ण टोली पाएपछि सुदूरपश्चिमको खेलकुद गतिविधिले गति लिने विश्वास गरिएको छ। नवनियुक्त सदस्यहरूले प्रदेशमा खेलकुदको पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा राखिएको छ।
परिषद्ले पूर्णता पाएसँगै अब प्रदेश स्तरीय खेलकुद प्रतियोगिताहरू र खेल नीति कार्यान्वयनका लागि बाटो खुलेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण