आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कालिकोटमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

सोमबार, १६ चैत २०८२, २२ : ०८
सोमबार, १६ चैत २०८२

काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिका–३ स्थित कुमाल गाउँमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

सोमबार बिहान २६ वर्षीय मनपुरा अधिकारी बुढाको हत्या भएको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । हत्यामा संलग्न आरोपमा मनपुराका श्रीमान २९ वर्षीय काशिराम बुढालाई पक्राउ गरिएको कालिकोटका डीएसपी हिम बहादुर खत्रीले रातोपाटीलाई बताए । 

बञ्चरो प्रहार गरेर काशीरामले पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । डीएसपी खत्रीले भने, ‘बञ्चरोले टाउकोमा प्रहार गरेको देखिन्छ ।’ 

भारतमा बस्दै आएका काशिराम एक साताअघि कालिकोट फर्केका थिए । सोमबार पत्नीको हत्यापछि बिहान ३ बजेतिर उनी वडा अध्यक्षकहाँ पुगेका थिए । वडा अध्यक्षकहाँ गएर उनले भने, ‘३–४ जना मानिस आएर मेरो श्रीमतीलाई आक्रमण गरे, म भागेर आएँ ।’ 

वडा अध्यक्षले इलाका प्रहरी कार्यालयलाई घटनाबारे जानकारी गराएका थिए । मृतक मनपुराका ९ वर्षीया छोरी, ४ वर्षको छोरा र डेढ बर्षको छोरा छन् । आरोपीले आफूले हत्या गरेको स्वीकार गरेको डीएसपी खत्रीले जानकारी दिए । घरायसी विवाद हुँदा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप