किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ
सारांश
- शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ।
- कृषि विकास शाखा प्रमुखका अनुसार सावा मन्सुली, रामधानलगायतका बीउ खरिद गरी किसानलाई वितरण गरिनेछ।
- नगरपालिकाले प्रतिकिलो ७८ रुपैयाँका दरले बीउ खरिद गरी अनुदानमा वितरण गर्ने जनाएको छ।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले अनुदानमा बीउ वितरण कार्यक्रम अगाडि बढाएको नगरपालिकाको कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले जानकारी दिए ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार सावा मन्सुली, रामधान, राधा–४, हर्दिनाथ–३, हर्दिनाथ–६, सर्जु–५२, सुक्खा–३ र ६ धानको बीउ खरिद गरी समूह, सहकारी र कृषि फर्ममार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको उनले बताए । “माटो सुहाउँदो धानको बीउको छनोट गरी किसानलाई उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छौँ, करिब १७ मेट्रिकटन धानको बीउ वितरण गर्दैछौँ । यसबाट धानको उत्पादकत्वमा वृद्धि हुने विश्वास छ”, शाखा प्रमुख बुढाऐरले भने ।
प्रतिकिलो रु ७८ का दरले बीउ खरिद गरी अनुदानमा किसानलाई वितरण गरिने नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण