वैदेशिक रोजगार विभागको चेतावनी : अनुमतिविना वैदेशिक रोजगारी सम्बन्धी गतिविधि नगर्नू
सारांश
- वैदेशिक रोजगार विभागले इजाजतपत्र नलिई वैदेशिक रोजगारी सम्बन्धी कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा चेतावनी दिएको छ।
- विभागले गैरकानुनी रूपमा रकम असुल गर्ने तथा अन्तर्वार्ता लिने कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्ने जनाएको छ।
- वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा आधिकारिक म्यानपावर कम्पनी हो/होइन भनी विभागको वेबसाइटमा जाँच गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले इजाजतपत्र नलिएका व्यक्ति तथा संस्थालाई वैदेशिक रोजगारी सम्बन्धी कुनै पनि काम नगर्न आग्रह गरेको छ ।
वैदेशिक रोजगार ऐन २०६४ ले अनुमतिविना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कामदार पठाउनेसँग सम्बन्धित गतिविधि (विज्ञापन, अन्तर्वार्ता लिन, रकम सङ्कलन गर्न) पूर्णरूपमा विभागले निषेध गरेको जानकारी दिएको छ ।
आइतबार सूचना जारी गर्दै विभागले पछिल्लो समय शैक्षिक परामर्श सेवा दिने कन्सल्टेन्सी, ट्राभल एजेन्सी तथा अनलाइन प्लेटफर्म मार्फत विदेश पठाइदिने भन्दै रकम असुल गर्ने र अन्तर्वार्ता लिने प्रवृत्ति बढेको भन्दै यस्तो चेतावनी दिएको हो ।
ऐनको दफा १० अनुसार इजाजतपत्रविना वैदेशिक रोजगारी सम्बन्धी कुनै पनि कार्य गर्न नपाइने स्पष्ट व्यवस्था छ । त्यस विपरीत कसैले रोजगारी प्रलोभन देखाइ राहदानी सङ्कलन गर्ने, भिजिट भिसामा विदेश पठाउने आश्वासन दिने वा ठुलो रकम असुल गर्नेजस्ता गतिविधि गैर कानुनी हुने विभागले स्पष्ट पारेको छ । यस्ता कार्यमा संलग्नलाई कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
इजाजतपत्र नलिएका संस्था वा व्यक्तिलाई वैदेशिक रोजगारीका नाममा रकम वा राहदानी नदिन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
वैदेशिक रोजगारीका लागि प्रक्रिया अघि बढाउँदा सम्बन्धित म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति लिएको/नलिएको, इजाजतपत्र कायम रहेको/नरहेको तथा कम्पनीका सञ्चालक वा कर्मचारीको विवरण विभागको वेबसाइट मार्फत अनिवार्य रूपमा जाँच गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण