‘नेपाली न्यू इयर इभ इडिसन’ मार्फत स्टेजमा फर्किदै ‘द श्याडोज नेपाल’
सारांश
- चर्चित सांगीतिक ब्यान्ड 'द श्याडोज नेपाल' नयाँ वर्ष २०८३ को अवसरमा स्टेजमा पुनरागमन गर्ने भएको छ।
- 'नेपा इभेन्ट्स'द्वारा आयोजित यो कार्यक्रम चैत ३० गते लैनचौरस्थित मल्ल होटलमा सम्पन्न हुँदैछ।
- यस कार्यक्रममा 'द श्याडोज नेपाल' सँगै 'जोन एन्ड द लोकल्स' र 'कुमा सागर एन्ड द ख्वापा'ले आफ्नो प्रस्तुति दिनेछन्।
काठमाडौँ । चर्चित सांगीतिक ब्यान्ड ‘द श्याडोज नेपाल’ स्टेजमा पुनरागमन गर्ने भएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना हुन लागेको ‘नेपाली न्यू इयर इभ इडिसन’ नामक कार्यक्रमबाट ब्याण्डले पुनरागमन गर्न लागेको हो ।
‘नेपा इभेन्ट्स’ले आयोजना गर्न लागेको कार्यक्रममा चैत ३० गते साँझ लैनचौरस्थित मल्ल होटलमा आयोजना हुनेछ । समकालीन संगीत र परम्परागत लोक–फ्युजनको बेजोड संगम प्रस्तुत गर्ने लक्ष्यसहित आयोजना हुन लागेको कार्यक्रममा ‘द श्याडोज नेपाल’ ब्याण्डका अलावा युवा पुस्तामाझ निकै लोकप्रिय ‘जोन एन्ड द लोकल्स’ ले दर्शकलाई नचाउनेछन् भने ‘कुमा सागर एन्ड द ख्वापा’ ले उपत्यकाको मौलिक नेवारी फ्युजन र लोक धुनहरू प्रस्तुत गर्नेछन्।
कार्यक्रमले नेपाली संगीतको गौरवशाली इतिहास र नयाँ पुस्ताको ऊर्जालाई एउटै मञ्चमा जोड्ने आयोजक कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपेश महार्जनले बताए । पछिल्लो समय ‘पाटन फेस्ट’ र विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेका महर्जन दर्शकहरूको अपेक्षालाई मध्यनजर गर्दै गुणस्तरीय र स्मरणीय कार्यक्रम पस्कन आफूहरू प्रतिबद्ध रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण