शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका मुख्यमन्त्रीको निर्देशन– मन्त्री र कर्मचारीको भ्रमण आदेश सार्वजनिक गर्नू

शनिबार, २८ चैत २०८२, २१ : ३६
शनिबार, २८ चैत २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको पारदर्शिता कायम गर्न कडा कदम चाल्ने संकेत दिएका छन् ।

मुख्यमन्त्री शाहले प्रदेशका सबै मन्त्री, प्रदेश सभा सदस्य तथा सरकारी कर्मचारीहरूको भ्रमण आदेश अनिवार्य रूपमा सार्वजनिक गर्न निर्देशन दिएका हुन् । धनगढीमा आयोजित ’दोस्रो पञ्चवर्षीय योजना’को मस्यौदामाथि प्रदेश सभा सदस्यहरूको सुझाव संकलन कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहले प्रमुख सचिव बैकुण्ठ अर्याललाई तत्कालै भ्रमण आदेश सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै सरकारी खर्च र गतिविधिमा पारदर्शिता हुनुपर्नेमा जोड दिए । सोही अवसरमा मुख्यमन्त्री शाहले प्रदेशको समग्र विकासका लागि सबै राजनीतिक दल र सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बताए । 

‘पालिकास्तरमा निर्माण भएका ठूला स्वास्थ्य संरचनाहरूलाई स्थानीय स्रोत र साधनको प्रयोग गरी सञ्चालनमा ल्याउनुपर्छ । जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउनु नै हाम्रो प्राथमिकता हो, यसका लागि सबै पक्ष जिम्मेवार बन्नु आवश्यक छ,’उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप