आन्तरिक विवादका कारण सुदूरपश्चिममा नेपाली कांग्रेसको कार्यक्रम स्थगित
सारांश
- नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको कैलालीमा आयोजना गर्न लागेको कार्यक्रम आन्तरिक विवादका कारण स्थगित गरेको छ।
- पार्टीभित्रको गुटबन्दी र नेतृत्वप्रतिको असन्तुष्टिका कारण वैशाख ५ गतेका लागि तय गरिएको कार्यक्रम रोकिएको हो।
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको कैलालीमा आयोजना गर्न लागेको कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। वैशाख ५ गतेका लागि तय गरिएको 'निर्वाचन समीक्षा तथा १६औँ महाधिवेशन' सम्बन्धी कार्यक्रम अर्को सूचना नआएसम्मका लागि रोकिएको हो।
पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सातै प्रदेशमा यस्ता कार्यक्रम गर्ने योजना थियो। सुदूरपश्चिममा भने पार्टीभित्रको आन्तरिक किचलोका कारण कार्यक्रम हुन सकेन।
यसको मुख्य कारण पार्टीभित्रको गुटबन्दी देखिएको छ। सुदूरपश्चिममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको बाहुल्यता छ। उनीहरू अहिलेको नेतृत्वले गर्न लागेको निर्वाचन समीक्षाप्रति सन्तुष्ट छैनन्।
सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर र मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान नेतृत्व र विशेष महाधिवेशनपछिको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
मुख्यमन्त्री शाहले सार्वजनिक रूपमै गगन थापालाई नेतृत्वका रूपमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन्। यसअघि चुनावभन्दा अगाडि पनि नेताहरूबिचको समन्वय नमिल्दा प्रदेशस्तरीय चुनावी सभाहरू स्थगित भएका थिए।
नेपाली कांग्रेसका नेता भीमबहादुर बडुवालका अनुसार अहिले कैलाली पार्टी सभापति, प्रदेश पार्टी काठमाडौँमा छन्।
`अहिले भेला सरेको छ, सर्वोच्चको आदेश पर्खाइमा पनि छन् नेताहरू, त्यसपछि मात्रै कार्यक्रमको टुङ्गो लाग्छ,` उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण